देउवा अग्रसर भएपछि सहमति उन्मुख काँग्रेसको महाधिवेशन विवाद

देउवा अग्रसर भएपछि सहमति उन्मुख काँग्रेसको महाधिवेशन विवाद

 

काठमाडौँ । नेपाली काँग्रेसमा देखिएको महाधिवेशनको विवाद मिलाउन सभापति शेरबहादुर देउवा अघि सरेका छन् ।

शुक्रबार पदाधिकारी र पुर्व पदाधिकारीको अनौपचारिक छलफल गरेका देउवाले नियमित महाधिवेशन नै गर्नुपर्ने स्पष्ट सन्देश नेताहरुलाई दिएका छन् । सभापति देउवाले विशेष महाधिवेशन नगर्ने स्पष्ट गर्दै पुस मसान्त भित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव अगाडी बढाएका छन्

शुक्रबारको बैठकपछि काँग्रेस उपसभापति धनराज गुरुङले नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्ने भन्दै सबै नेताहरुले आआफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले भने- ‘सभापतिज्युको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकरात्मक दिशामा अगाडी बढेको छ । नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्छ। सबै नेता साथीहरुले आआफ्नो तर्फबाट सकरात्मक भुमिका निर्वाह गरौं ।’

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने नियमित महाधिवेशन गर्न समय कम भएकाले विशेष महाधिवेशनमै जोड दिएका थिए । तर सभापति देउवाले विशेष महाधिवेशन नगर्ने स्पष्ट गर्दै पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने बताएका छन् । साथै बैठकमा देउवाले चुनाव अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका नेताहरुलाई हप्काएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । देउवाले महाधिवेशन बारे विवाद गरेर यति धेरै समय खेर फालेको भन्दै हप्काएका थिए । उनले आफु पार्टीको नेतृत्व छोड्न तयार भएको भन्दै अब महाधिवेशन बारे बखेडा नगर्न भनेका थिए । सभापति देउवाले शनिबार बैठक गरेर पुस मसान्त भित्र महाधिवेशन गर्ने सहमति गर्ने बैठकमा बताएका थिए ।

कांग्रेसमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतका नेताहरु फागुन २१ को निर्वाचन अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका छन् । उनीहरुकै अडानका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक अहिले सम्म अनिर्णित रहेको छ ।

सम्भवत काँग्रेसले महाधिवेशन बारे आज अनौपचारिक सहमति गरेर आइतबारको केन्द्रीय समितिको बैठकबाट औपचारिक रुपमा महाधिवेशनको मिति तोक्ने निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij