देवदह , रुपन्देहीको देवदहमा पुस २३ गतेदेखी दशौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । उद्योग व्यापार संघ देवदहको आयोजनामा राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण भन्ने मूल नाराका साथमा आउने पुस २३ गतेदेखि महोत्सव आयोजना हुने हिजो आयोजित पत्रकार सम्मेलनमा बताइएको थियो ।
पुस २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएका मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक गणेश कुमार खातीले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य तथा महोत्सवका प्रमुख सल्लाहकार गोविन्द राईले देवदहको सास्कृतिक, आध्यात्मिक र ऐतिहासिक महत्वलाई उजागर गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । महोत्सव पाँच लाख दर्शकले अवलोकन गर्ने र भन्दै ११ करोडको कारोवार हुने गरिएको ठहराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्