बुटवल । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक देखिएकाे छ । याे भेट वार्ताले नेपाली राजनितिमा तरङ्ग पैदा गरेकाे छ ।
साेमबार मध्भयरात सम्मै चलेकाे वार्ता अत्यन्त सकरात्मक रहेकाे र याे संवाद सबै बैकल्पिक शक्तिहरू एकै ठाउमा आउने मिलन विन्दु भएकाे राश्वपा नेता असिम साहले बताएका छन् ।
लामिछाने र शाहबिच साेमबार साँझ रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा छलफल भएको थियो । छलफल मध्यरातसम्मै चलेकाे थियाे ।
रवि–बालेनलाई एउटै गाडीमा बिदा गरेपछि राति १: ४२ बजे उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन-दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’
साेमबार राती असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र बालेनबिच करीब ६ ङन्टा लामाे भेटवार्ता भएको भएको थियो । भेटपछि उनीहरु एउटै गाडिमा बसेर निस्किका थिए ।
सोमबार साँझको छलफलमा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन, जेन–जी अगुवा सुदन गुरुङ पनि सहभागी थिए । सुदन गुरूङ भने भेटवार्ता जारी रहेकै बेला बाहिरीएका थिए ।
सहकार्यको मोडल र शक्ति बाँडफाँटका विषय टुंग्याउने कसरतमा दुई नेता र उनीहरूको टिमले काम गरिरहेको छ बताइएकाे छ ।
रास्वपा सभापति लामिछानेले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग एक्ला–एक्लै वार्ता गरेका थिए । त्यसपछि लामिछानेले मेयर शाहलाई भेटेका हुन् ।
लामिछानेले ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि भेट्ने तयारी रहेको रास्वपा नेताहरूले बताएका छन् । घिसिङ पनि सहकार्यका लागि सकारात्मक रहेको संवादमा रहेका नेताहरूको भनाइ छ ।
भेटमा भएका छलफलका विषय सार्वजनिक नगरिए पनि यो भेटले एकताको सन्देश दिएको उनीहरु निकट नेताले बताएका छन् ।
प्रकाशित मिति : मंगलबार, पुष ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्