कास्की – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ परेका प्रसाईंलाई काठमाण्डाै पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।
यसअघि आइतवार निर्वाचन आयोगले प्रसाईंलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । प्रसाईंले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गर्नुभएको थियो । त्यही विषयमा आयोगले प्रसाईंलाई पक्राउ गरि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्