बेलुका ६ बजेसम्म २ हजार ९ सय २५ जनाको उम्मेदवारी दर्ता

बेलुका ६ बजेसम्म २ हजार ९ सय २५ जनाको उम्मेदवारी दर्ता

काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का अवसरमा उम्मेदवार मनोनयन प्रक्रियाबारे जानकारी दिन मङ्गलबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रश्नोत्तर सत्रमा सहभागी हुनुहुँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाण्डाै – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ बजेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

उम्मेदवारी दर्ता भएपछि आज बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३ सय ३६ महिला र २ हजार ५ सय ८९ पुरुषले उम्मेदवारी दर्ता गराएकाे आयोगको प्रणालीमा आएको जानकारी गराउनुभयो । अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने उहाँले बताउनुभयो ।

 

कम दर्ता भएको मुस्ताङमा ४ वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा ५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी पनि सचिव राउतले दिनुभयो । यी दुवै जिल्लाका उम्मेदवारीको रुजु भइसकेको छ । सबैभन्दा धेरै उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ र ३ मा ३५/३५ उम्मेदवारी दर्ता भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को रुजु भइसकेको छ भने ३ नम्बर क्षेत्रको बाँकी छ ।

 

सामान्यतया शान्तिपूर्ण रूपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरूबाट जानकारी आएको आयाेगले जनाएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्रपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो । अहिले बेलुकी ८ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुभयो ।

 

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरि त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।‌

 

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि त्यसै दिन दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij