सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा

सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा

काठमाडौँ , जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरी सहितको वर्षा भइरहेको हो।

विभागका मौसमविद् मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरीबतास सहितको वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ। पछिल्लो २४ घण्टामा मकवानपुर गढीमा ४६ मिलीलिटर वर्षा भएको छ।

त्यस्तै काठमाडौँमा ३९ मिलीलिटर वर्षा मापन गरिएको छ। हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट विस्तारै उत्तरपूर्व तर्फ सर्दै गएको छ।

उनले आगामी करिब तीन घण्टासम्म हुरीबतास सहितको वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरे।

विभागका अनुसार हुरीबतास सहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन्। विभागले अत्यावश्यक बाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

आज राति र भोलिसम्म मधेस प्रदेश लगायत कोसी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ।

कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुराेध गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij