इजरायलमा रहेका नेपालीलाई सुरक्षित र सतर्क रहन दूतावासको आग्रह

इजरायलमा रहेका नेपालीलाई सुरक्षित र सतर्क रहन दूतावासको आग्रह

दूतावासले संयमता अपनाउन र आफू बसोबास गरिरहेकै ठाउँमा सतर्क एवं सुरक्षित रहन अनुरोध गरेको हो ।

काठमाण्डौ , मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।

दूतावासले संयमता अपनाउन र आफू बसोबास गरिरहेकै ठाउँमा सतर्क एवं सुरक्षित रहन अनुरोध गरेको हो । नेपाली नागरिकहरूलाई इजरायल सरकारको होम फ्रन्ट कमाण्ड र अन्य आधिकारिक निकायहरूले जारी गरेका सूचना तथा निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न भनिएको छ ।

विशेषगरी, मोबाइलमा अलर्ट म्यासेज आएमा वा साइरन बजेमा हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको सेल्टरमा जान दूतावासको सुझाव छ । साथै, आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र र बैंक कार्ड जस्ता महत्त्वपूर्ण कागजातहरू सधैं आफूसँगै राख्न पनि दूतावासले भनेको छ ।

सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा शेयर नगर्न, घटनाक्रमको बारेमा नियमित जानकारी राख्न र आफ्ना साथीभाइ तथा परिवारसँग निरन्तर सम्पर्कमा रहन दूतावासको आग्रह छ ।

प्रकाशित मिति : बुधबार, चैत्र २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij