काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृतिहरू समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
शनिबार बसेको सचिवालय बैठकले न्यायाधीशहरूको नाम विभिन्न व्यक्तिहरूसँग जोडिएको विषय र अन्य विकृति समाधानका लागि संसदीय दललाई निर्देशन दिएर संसदबाटै प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन्
खरेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद भएकाले संसदबाटै न्याय निरूपण र पुनर्संरचनाको विषय उठाइने बताए । महाअभियोगबारे सोधिएको प्रश्नमा खरेलले उक्त विषय संसदीय दलमार्फत संसदमा प्रवेश गरेपछि मात्र स्पष्ट हुने जानकारी दिए ।
त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको टोली छिट्टै चीन भ्रमणमा जाने पनि उनले बताए ।
बैठकले संविधानले दिएको प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्ने जनाउदै शुक्रबार पत्रकार/सञ्चारकर्ममाथि भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको प्रवक्ता खरेलले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, कार्तिक १४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्