गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फी को निधन

गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फी को निधन

कृष्णनगर-कपिलवस्तुको कृष्णनगर मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया मा करिब चौबीस बर्ष देखि शिक्षा दिदै आएका समाजिक र धार्मिक सहिष्णुता सदैव कायम गरि समाजमा रहेका गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फी को स्वास्थ्य मा समस्या आए पछि उपचारका लागि बुटवल लैजाने क्रममा उहांको निधन भएको विघालय परिवार ले जनाएको छ। उहाको जन्म ई। सं।१९५९ डिसेंबर मा भएको थियो
जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर मा शिक्षा दिदै आएका उहां समाजिक र धार्मिक काममा बढी सहयोग गर्दै आएको ले केही दिन अगाडी राष्ट्रीय मदरसा संघ नेपाल ले एक कार्यक्रममा मौलाना अब्दुल मन्नान सल्फी लाई सम्मानित समेत गरेका राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्कीले बताउनु भयो।
वहाको आतमा को चिर शान्ति र जन्नत मा आला मुकाम पाऊनको लागि प्राथना गरि यस्ता दुखद समयमा प्र।अ।शैख खुर्शीद शल्फी,शैख अब्दुल रसीद मदनी, खालिद सिराजी, अब्दुल अजिम मदनी, डा। सईद, मौलाना असलम मदनी, वसिउल्ला मदनी, मौलाना मुजिबुद्दिन मदनी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा अब्दुल गनी अलकुफी लगायत पुरै मदरसा परिवार वहा को परिवारको साथ दिने प्रतिबद्धता समेत जनाएका छन।
वहाको देहान्त ले पुरै प्रदेश का मुस्लिम समुदाय दुस्खी भएको र उहाले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको र वहा प्रति प्रदेश का मुस्लिम समुदाय ले जन्नत माआला मुकाम पाऊनको लागि प्रार्थना गर्दै शोक कुल परिवार को साथमा प्रदेश का जनता र ५नं।प्रदेश मदरसा बोर्ड परिवार वहा को साथ रहेको मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खा नेपाली ले बताउनु भयो।
मौलाना मन्नान सल्फी राम्रो व्यक्तित्व भएका मिलनसार व्यक्ति थिए । उहां इमानदार, सहयोगी र राम्रो छबि भएका व्यक्ति थिए । उहां कसै संग ईर्ष्या नगर्ने र सबैसंग मिलनसार हुने व्यक्तित्व रहेका राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा। अब्दुल गनि अल्कुफि ले बताउनुभयो।जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समीम अहमद नदवी ले पुरै विद्यालय परिवार शोकाकुल रहेको र विद्यालय लाई ठूलो क्षति भएको र अक्त क्षति पूर्ति हुन मुस्किल रहेको बताउनु भयो। सोहि विद्यालय का उपाध्यक्ष डा। मंजुर खां ले उहाले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको बताउनु भयो।
वहाको अन्तिम शंस्कार आज २ बजे झण्डानगरको काब्रिस्तान मा हुने समय निश्चित भएको मौलाना मसहूद ले बताएका छन्।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij