काठमाण्डौ, आज देशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । केही ठाउँमा हल्का पानी पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिस्तारै पानी पर्न रोकिएर मौसम खुल्दै जाने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि भने फेरि बादल लागेर कतै(कतै मेघगर्जनसहित पानी पर्न सक्नेछ ।
प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पनि पर्ने संभावना रहेको उहाँले बताउनुभयो । तर नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने उहाँको भनाइ छ ।
यस्तै राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्