छोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

दाङ ।

सल्यानमा आफ्नै छोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन्। सल्यानको शारदा नगरपालिका निवासी ३६ वर्षीय बुवाले आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए।

‘साउन २२ गते दिउँसो २ बजेतिर मकैबारीमा छोरीलाई जबरजस्ती बलात्कार गरी रहेको अवस्थामा निजकै पत्नीले देखेपछि रहस्य सार्वजनिक भयो,’ प्रहरी निरीक्षक जोशीले भने ‘त्यसअघि पनि जेठ २३ गते र असार १६ गते पैसा दिएर ललाईफकाई जबरजस्ती बलात्कार गर्दै आएको भन्ने जाहेरीमा उल्लेख छ।’

पत्नी काम विशेषले घर बाहिर गएको मौका छोपी छोरी एक्लै भएको समयमा ललाईफकाई पटकरपटक बलात्कार गर्दै आएका थिए। मकैबारीमा बलात्कार गर्दै गरेको अवस्थामा पत्नीले देखेपछि उनी फरार भएका थिए।

पत्नीले भदौ ८ गते प्रहरीमा उनीविरूद्ध किटानी जाहेरी दिएपछि प्रहरी पीडकको खोजीमा लागेको थियो।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij