चित्रकलाका माध्यमबाट विभेद विरुद्ध आन्दोलन

चित्रकलाका माध्यमबाट विभेद विरुद्ध आन्दोलन

काठमाडौं – राजधानी को कीर्तिपुर मा रुकुम नरसंहार पछाडी निरन्तर आन्दोलन गर्दै आएका विद्यार्थीहरुले जातिय विभेदका विरुद्ध साङ्केतिक विरोध स्वरुप “विभेद का विरुद्ध चित्रकला“ भन्ने शिर्षकमा चित्र कोरेर विरोध गरेका छन् । वरिष्ठ चित्रकार विके नर बहादुरले नेपाली समाजको यथार्थ परक चित्र कोरेर सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

No description available.तस्वीर आफैमा एक यस्तो चिज हो जसले धेरै कुराको बखान गरेको हुन्छ। जो कोहीले पनि सजिलै बुझ्न सक्ने भएको कारण ले चित्रकला मार्फत समाज लाई रुपान्तरण गर्न सकिन्छ भन्ने हेतु ले यो कार्यक्रम आयोजना गरिएको विद्यार्थी नेता रामलाल राजवंशी विके ले बताए । समाज मा हरेक खाले मान्छेहरु छन् , सबैका एउटै सोच पक्कै पनि नहुन सक्छ तर तस्वीर ले दिने सन्देश एउटै हुन सक्छ ।

No description available.यो खाले श्रृजनात्मक कार्यक्रम को लागि आयोजकलाई विशेष धन्यवाद दिन चाहान्छु अधिकारकर्मी सुशील विके ले भने । साहित्य, कला समाजको ऐना भएको र यसका माध्यम बाट पनि समाजको विभेद विरुद्ध आवाज उठाई समाज रुपान्तरण गर्न सकिने भएकाले सडक आन्दोलन संगसगैँ साहित्य, कलाको माध्यम बाट आन्दोलन गर्नुपर्ने भएकाले आजको यो कार्यक्रमले पक्कै पनि सकारात्मक सन्देश दिने अपेक्षा गरेका छौं कार्यक्रमका संयोजक रवि सेन्चुरी ले भने ।

No description available. मानिस मानिस बीचमा रहेको यो जातिय विभेद जस्तो कलंक लाई फाल्न धेरै विधि हरु अपनाउन पर्ने आयोजक को भनाई छ । स्पिक आउट अगेन्ष्ट कास्ट सिस्टम नाम दिएको मुभमेन्टले सडक आन्दोलन , सभा सगै विभेद विरुद्ध विभिन्न रचनात्मक कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।

No description available.

No description available.

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij