शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल

शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल

बुटवल ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

उपसभापतिमा खिमलाल कृष्णभट्टराइ, सचिवमा कपिल ज्ञवाली, सहसचिबमा कृष्ण पाण्डे, कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।

त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुवर, कमला पाण्डे , जमुना पौडेल, बिजु पौडेल, सिता भट्टराइ, लिलाधर लुइटेल, लक्ष्मी घिमिरे, बिष्णु थापा, मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन् ।

बुटवलमा शनिबार भएको अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक हरिष ढकालले जानकारी दिनुभयो ।
यसअघि आयोजित खुल्लासत्रमा बोल्दै मानव अधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको सनकको भरमा संसद भंग गरेको बताउनुभएको थियो । उहाले संसद पुर्नस्थापना नगरिए संविधान फेल गराउने षडयन्त्र हुने चेताबनी दिनुभयो ।
ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा बताउनुभएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij