नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बन्द

नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुने भएको छ ।

देशभर एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको काठमाडौंको त्रिभुुवन विमानस्थलबाट आज राति १२ बजेदेखि सबै उठान रोकिने भएको हो ।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै बन्द गरिसकिएको छ ।

अत्यावश्यक पर्दा भने आन्तरिक तथा बाह्य चार्टर उडान हुनेछ । हिजो मात्रै आन्तरिकतर्फ दुई जहाज कम्पनी तथा १० हेलिकप्टर कम्पनीले ४१ उद्धार उडान गरेको थियो ।

प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij