बुटवल-पछिल्लो समय जन्मदिनलाई फरक ढङ्गले मनाउने चलन बढ्दै गइरहेका बेला एक युवाले आफ्नो जन्मदिनमा नेपाल अपाङ्ग आश्रम देविनगरमा मनाएका छन् ।
बुटवल १७ रानीगंजमा रहेको लास्ट डेज वारियर चर्चका पास्टर अभि सुनारले आफ्नो जन्मदिनमा नेपाल अपाङ्ग आश्रम देविनगर आश्रममा रहेका वृद्धवृद्धा, बालबालिका एवम् तिनाउ खोलाको छेउमा पालमा बसेर पथ्थर काट्ने काम गर्ने तर लकडाउन ले गर्दा काम नभएर माग्दै हिँड्न बाध्य असहायहरूलाई खाना खुवाएर मनाएका छन् ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा कोभिड महामारीको समयमा आश्रममा सेवा गर्नु उपयुक्त ठानेर खाना खुवाएको अभि सुनारले वताए ।

कोरोना महामारीको बेला मानिसमा मानवताको खाँचो खड्की रहेका बेला एक युवाले सेवाभाव देखाएर आश्रममा खाना खुवाउने कार्य अत्यन्त राम्रो भएको नेपाल अपांग आश्रम देविनगर अध्यक्ष दल बहादुर गुरुङले बताए।

आश्रममा ३२ जना अपाङ्ग बालबालिका ,युवा युवती, तथा वृद्धवृद्धा आश्रित छन्। खाना खुवाउने कार्यक्रममा डेबिड माझि,सामुयल विसि,तिलक सुनामी,उत्तम सुनार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्