नवलपरासी -पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् ।
घाईतेमध्ये ४२ जनाको चिसापानी अस्पताल र ७ जनाको संजीवनी हेल्थ होममा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाका अनुसार मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
काठमाण्डौबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस आज विहान ६ बजे दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्