बुटवल-नेपाल नियमित रक्तदाता सघ रुपन्देही ले कोभिड माहामारिमा रगतको अभावमा कसैको पनि ज्यान जान नपरोस भन्ने उद्देश्यका साथ सैनामैना नगरपालिकामाआयोजना गरेको रक्तदान कार्यक्रममा७५ जनाले रक्तदान गरेका छन ।
सघले शुक्रवार उक्तरगत संकलनगरि रक्तसञ्चार केन्द्र बुटवल लाई हस्तान्तरण गरेको हो । सैनामैनामा रहेका नेपाल स्काउट ,वडा स्तरीय युथक्लब सैनामैना,सत्य संजालको सहयोगमा रामापुरको सत् चिन्तनभवनमाकार्यक्रमगरिएको हो।
नेपालनियमित रक्तदाता संघ रुपन्देहीकाअध्यक्षदयाबहादुर सिलवालको अध्यक्षता,सैनामैनानगरपालिकाकानगर प्रमुखचित्रबहादुर काकीर्ले सेवाभावले संघले गरेकाकाम सराहनीयभएको भन्दैनिरन्तर साथ र सहयोग गर्ने बताउनु भयो । कार्यक्रममानेपाल रेडक्रस सोसाइटी लुम्बिनीप्रदेशकामहासचिव कृष्ण पगेनी ,नेपालनियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी,सचिव महेश खनाल ,सत्य संजालकाअध्यक्षयुवराज भुसाललगायतले बोल्दै रगतव्यवस्थापनमा सस्था सक्रियका साथमालागि परेको भन्दै सवैको साथ र सहयोग जरुरी रहेको औल्याएकाथिए भोजराज भण्डारी को स्वागत र सचिव महेश खनालको सन्चालनमाकार्यक्रम सम्पन्नभएको हो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्