२४ घण्टामा २८ सय बढीमा संक्रमण पुष्टि

२४ घण्टामा २८ सय बढीमा संक्रमण पुष्टि

काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ ९पीसीआर० र ३४ हजार ९४४ ९एन्टिजेन० जना पुगेको छ । यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृतकको संख्या ९ हजार ११२ पुगेको छ।

प्रकाशित मिति : बुधबार, असार १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij