रोटर्‍याक सेन्ट्रल बुटवलको पहिलो बोर्ड बैठक सम्पन्न

रोटर्‍याक सेन्ट्रल बुटवलको पहिलो बोर्ड बैठक सम्पन्न

 

बुटवल- रोटर्‍याक क्लव अफ सेन्ट्रल बुटवलको पहिलो बोर्ड बैठक सम्पन्न भएको छ । क्लवका नवनिर्वाचित अध्यक्ष प्रवीण पाण्डेको अध्यक्षतामा क्लवको प्रथम बोर्ड बैठक सम्पन्न भएको हो ।
रोटरी अन्तराष्ट्रिय विद्यान बमोजीम १ व्यक्ति १ कार्यकाल अनुसार पाण्डे आगामी रोटरी बर्ष २०२१/२२ को लागी क्लवको अध्यक्षमा निर्वाचित भएका थिए । हरेक बर्षको जुलाई १ तारिखबाट नवनिर्वाचित बोर्डको कार्यकाल सुरुवात हुने रोटरी अन्तराष्ट्रियको विद्यान अनुसार उनको अध्यक्षतामा क्लको प्रथम बोर्ड बैठक सम्पन्न भएको हो । क्लवका सस्थापक अध्यक्ष सुमन बस्याल, पुर्व अध्यक्ष धन्नजय बर्नवाल, राहुल कसौधन निवर्तमान अध्यक्ष बालकृष्ण पोखरेल लगायतको उपस्थितीमा बसेको बैठकले क्लवले आगामी बर्ष भरी गर्ने कार्यक्रमहरुको बारेमा छलफल भएको क्लवका जन-सम्पर्क अधिकृत प्रेम प्रकाश श्रेष्ठले जानकारी दिए । बैठकले आगामी बर्ष गर्ने कार्यक्रम र कोषाध्यक्षले प्रस्तुत गरेको प्रस्तावीत आम्दानी तथा खर्च शिर्षकको सन्र्दभमा समेत छलफल गरेको थियो । क्लवका सचिव बिनीत कसौधनको संचालनमा बैठक सम्पन्न भएका थियो ।
रोटरी क्लवको युथ प्रोजेक्टको रुपमा रहेको रोट्याक्ट कलव बुटवल सेन्ट्रलले बुटवल लगायतका आसपासका क्षेत्रमा रहेर विभिन्न समाजीक कार्य गर्दै आएको छ । क्लवले बुटवलमा संचालीत गौतमबुद्ध सामुदायीक मुटु अस्पतालमा बिरामीहरुको लागी निशुल्क ए.सी बसको सेवा समेत संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : सोमबार, असार २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij