रोटर्‍याक सेन्ट्रल बुटवलको छैठौ पदस्थापन सम्पन्न

रोटर्‍याक सेन्ट्रल बुटवलको छैठौ पदस्थापन सम्पन्न

बुटवल

रोटर्‍याक क्लव अफ सेन्ट्रल बुटवलको छैठौ पदस्थापन एव पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२०÷२१ का अध्यक्ष बाल कृष्ण पोख्रेलले बर्ष २०२१÷०२२ का लागी निर्वाचित अध्यक्ष प्रविन पाण्डेलाई पद हस्तान्तरण गरेका हुन । हरेक बर्ष क्लवको नेतृत्व परिर्वतन हुने रोटरी अन्तराष्ट्रियको बिधान अनुसार रोट¥याक क्लव अफ बुटवलको आगामी बर्षको नेतृत्वको लागी सम्पन्न निर्वाचनमा प्रविन पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए । क्लवको छैठौ पदस्थापनका अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एव रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर नोमिनी राजेन्द्र प्रसाद ध्वजुले रोटर्‍याक क्लवका पदस्थापीत बोर्डका पदाधीकारीलाई शुभकामना दिनु भयो । सो अवसरमा रोटरी क्लव अफ सेन्ट्रल बुटवलका सस्थापक अध्यक्ष तथा गौतम बुद्ध सामुदायीक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले क्लवले रोटरी सेन्ट्रल बुटवलले संचालन गरेको गौतमबुद्ध सामुदायीक मुटु अस्पतालमा बस सेवा संचालन गरेको स्मरण गर्र्दै आगामी दिनमा अफ थप रचनात्मक कार्यहरुमा लाग्न जोड दिनु भयो । पदस्थापन कार्यक्रममा रोटर्‍याक क्लव अफ सेन्ट्रल बुटवलका सस्थापक अध्यक्ष सुमन बस्याल, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका बाबुराम बोहरा, रोटर्‍याक डिआरआर इलेक्ट लक्ष्मण खरेल, प्रकास पराजुली लगाययले बोल्नु भएको थियो । पदस्थापन पछि बोल्दै क्लवका बर्ष २०२१÷२२ का अध्यक्ष पाण्डेले क्लवले दिएको जिम्मेवारीहरु रोटरी अन्तराष्ट्रिको विद्यान भित्र रही पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी दिनमा क्लवको उन्नयन र बिकासका लागी आफ्नो कार्यकालमा थप सृजनात्मक एव रचनात्मक कार्यक्रमहरु गर्दै अगाढी बढ्ने बताए । क्लवका बर्ष २०२०÷२१ का सचिव ज्ञान प्रसाद बस्याल र बर्ष २०२१ ÷२२ का सचिव बिनित कसौधनको संचालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : आइतबार, साउन १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij