बुटवल।
विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई—क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार बुटवलको देविनगर स्थित आशा फाउण्डेशनमा निःशुल्क हेपाटाइटिस परीक्षण गरेको छ । क्लवले फाउण्डेशनमा रहेका २५ जनाको निःशुल्क हेपाटाइटिस बी र सी परीक्षण गरेको अध्यक्ष डा.सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
सो अवसरमा कार्यक्रम संयोजक फिजिसियन डा. मनिष विश्वकर्मा र डा. दिनेश गौतमले हेपाटाइटिसका कारण, लक्षण तथा उपचार पद्धतिको बारेमा जानकारी
गराउँदै रोगको समयमैं पहिचान गर्न सके उपचार सहज हुने बताउनुभयो । यस्तै मनोरोग विशेषज्ञ डा. विक्रम काफ्ले दुव्र्यसनबाट बाहिर आउन दृढ अटोठ
हुनुपर्ने बताउनुभयो ।
क्लवले दिवसको अवसरमा हेपाटाइटिस रोगको बारेमा सचेतनामूलक ब्यानरहरु विभिन्न अस्पताल तथा सार्वजनिक स्थानमा समेत टाँगेको अध्यक्ष पोखरेलले
जानकारी दिनुभयो । उहाँले हेपाटाइटिसलाई उन्मुलन गर्न नीति निर्माण तहमा रहेकाहरुले आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । क्लवले गरेको
हेपाटाइटिस परीक्षणमा बुटवलको थाइरो ल्यावले प्राविधिक सहयोग उपलब्ध गराएको ल्यावका अध्यक्ष समेत रहनुभएका डा. दिनेश गौतमले जानकारी दिनुभयो
।
विश्वमा प्रत्येक ३० सेकेन्डमा एक जनाको हेपाटाइटिसको कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यो रोगबाट बच्न नवजात शिशुलाई
हेपाटाइटिसवरुद्धको खोप दिनुपर्छ, जुन डिपिटी खोपमा गाभिएको हुन्छ । हेपाटाइटिसको उपचारमा ढिलाइ नगर्न तथा गर्भवतीले हेपाटाइटिस भए÷नभएको
समयमैं परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यसैले दिवसको यो वर्षकोनारा हेपाटाइटिस ः नपर्खऔं राखिएको छ ।
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्