अधिकांश भू-भागमा बदली, पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

अधिकांश भू-भागमा बदली, पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विभागका अनुसार आज बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली भएको छ । विभागका अनुसार पाँचवटा प्रदेश अर्थात् प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन सर्वसाधारणमा अपिलसमेत गरेको छ । -फाइल तस्बिर

प्रकाशित मिति : मंगलबार, साउन १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij