कास्कीको विजयपुरमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

कास्कीको विजयपुरमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

file photo

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम/ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो ।

दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेर ५५ मिनेटमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij