तिलोत्तमा – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आज बृहत आमसभा हुँदैछ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो ।
आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति हरिलाल पाण्डेले जानकारी दिए ।
तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रैसका रामकृष्ण खाँण र उपमेयरमा माओबादीका हेमराज पाण्डे(हेमन्त) उम्मेद्वार छन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्