युवतीको नग्न तस्बिर खिचेर ब्लाकमेलिङ गर्ने २ जना पक्राउ

युवतीको नग्न तस्बिर खिचेर ब्लाकमेलिङ गर्ने २ जना पक्राउ

व्यक्तिगत तस्बिर सार्वजनिक गरिदिने धम्की दिई जबर्जस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा रुपन्देहीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सालझण्डीमा युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गर्दै जबरजस्ती गर्न खोजेको अभियोगमा गैडहवा गाउँपालिका–९ का २१ वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

 

युवतीको नग्न तस्बिर खिचेर सोही फोटो भाइरल बनाइदिने धम्की दिँदै जबरजस्ती गर्न खोजेको पीडित युवतीको उजुरीको आधारमा आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । किशोरले नक्कली फेसबुक आईडी बनाई विगत २ सातादेखि म्यासेज पठाई निजी तस्बिर सार्वजनिक गर्छु भन्दै ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ भेट्न बोलाई उनले युवतीलाई जबरजस्ती गर्ने प्रयास गरेका थिए । ती किशोरको साथबाट युवतीको तस्बिर भएको मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

 

प्रकाशित मिति : सोमबार, साउन ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij