आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय युवा दिवस, अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराकासाथ मनाइँदै छ।

युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा नेपाल युवा परिषद्ले राष्ट्रिय युवा सम्मेलन गर्दैछ । काठमाण्डौमा तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय २० जना युवा सहभागी हुनेछन् । ७७ वटै जिल्लाबाट एक महिला र एक पुरुष गरी १ सय ५४ जना तथा विभिन्न समुदायका ६६ जना युवा सम्मेलनमा सहभागी हुनेछन् ।

आज, भोलि र पर्सिसम्म चल्ने सम्मेलनको नारा उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने तय गरिएको परिषद्ले जनाएको छ । यस्तै, राष्ट्रिय युवा परिषद्ले नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो तथा सान्त्वना पुरस्कार जित्नेलाई आज पुरस्कारसहित प्रमाणपत्र वितरण गर्दैछ ।

परिषद्ले हिजो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij