एकिकृत समाजवादीद्धारा रुपन्देही–१ बाट बेदुराम र विजय पौडेल, २ बाट राजु गुरुङ सिफारिस

एकिकृत समाजवादीद्धारा रुपन्देही–१ बाट बेदुराम र विजय पौडेल, २ बाट राजु गुरुङ सिफारिस

बुटवल, १४ भदौ ।
नेकपा एकीकृत समाजवादीले रुपन्देही–१ बाट महासचिव बेदुराम भूसाल, उपमहासचिव डा. विजय पौडेल र उमापति पाण्डेलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।

त्यसैगरी क्षेत्र नं २ बाट पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज राजु गुरुङलाई मात्र उम्मेदवार सिफारिस गरेको छ । रुपन्देही– ३ बाट उमादेवी काफ्ले, कमल भण्डारी, अविराम बिक र इन्द्रजित यादवलाई सिफारिस गरिएको एकीकृत समाजवादीले जनाएको छ । त्यस्तै रुपन्देही– ४ बाट श्रीराम यादव, क्षेत्र नं ५ बाट कुलेन्द्र पुनलाई सिफारिस गरेको पार्टी अध्यक्ष अविराम विश्वकर्माले बताए ।

एकीकृत समाजवादीले रुपन्देहीका १० वटा प्रदेशसभा निर्वाचनतर्फ ३९ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा तर्फ १ को (क) मा टंक पोख्रेल, सरस्वती पोख्रेल, रामधारी यादव, सुशीला भट्टराई सिफारिस भएका छन् । त्यस्तै १ (ख) बाट कृष्ण भुसाल, सरिता श्रीस, इन्द्रजीत यादव, मालती अधिकारीलाई सिफारिस गरिएको छ ।

यसैगरी २ (क) तर्फ भगवती घिमिरे, यम पछाइ, गुप्त बहादुर केसी र राम ब बिक, २ (ख) तर्फ पार्टीका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाईं, हिराध्वज शाह, सरिता श्रीस र जुद्द केसीलाई सिफारिस गरिएको छ ।

त्यसैगरि सिफारिस हुनेहरुमा ३ (क) डा. ऋषिराम पाण्डे, सुवर्ण कुँवर, शार्दुल मयुर कशौधन, आनन्दप्रसाद गुप्ता, ३ (ख) का लागि गोपाल नेपाल, लिलबहादुर बिक, आशा थारु, थानेश्वर खरेल, ४ (क) का लागि अशोक शुक्ला, यादवेन्द्र शुक्ल, राममिलन मलाह, कपिलमणि यादव ४(ख)– श्रीराम यादव, दिनेश भुसाल, आनन्द प्रसाद गुप्ता छन् ।

यस्तै ५ (क) महेश पन्थी, अर्जुन ढकाल, राम ब बिक, पार्वती पौडेल, ५ (ख) राजकुमार गुप्ता, सफिउर रहमान अन्सारी, मजहर कमाल, किस्मती यादव रहेको नेकपा एकीकृत समाजवादी रुपन्देहीले बताएको छ ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार नामहरु सिफारिस गरिएको भन्दै उनले गठबन्धनमा सिट बाँडफाँटपछि मात्रै आधिकारिक रुपमा उम्मेदवार तय हुने बताए ।

प्रकाशित मिति : मंगलबार, भाद्र १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij