रवीन्द्र मिश्र राप्रपा प्रवेश

रवीन्द्र मिश्र राप्रपा प्रवेश

काठमाडौं ।

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरुले स्वस्तिवाचन र शङ्खघोष गर्नुभएको थियो। राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो। यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो। मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा हुनुहुन्छ।

प्रकाशित मिति : बुधबार, असोज १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij