अहिले पनि संविधान उल्ट्याउने प्रयास जारी छ : पुर्व सभामुख महरा

अहिले पनि संविधान उल्ट्याउने प्रयास जारी छ : पुर्व सभामुख महरा

बुटवल
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउने प्रयास जारी रहेको बताएका छन् ।

उनले नेकपा एमालेप्रति संकेत दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाए ।

शनिबार रुपन्देहीको लुम्बिनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष महराले भने, ‘संविधान कार्यान्वयन गर्न नचाहने तत्वले राष्ट्रपतिलाई प्रयोग गरेर नागरिकता विधेयक प्रमाणीकरणमा अवरोध गरेका छन्, यो राष्ट्रको हित विपरित छ ।’ संविधानको रक्षाको लागि परिवर्तनकारी शक्ति एकजुट हुनुपर्ने उनले उल्लेख गरे ।

संविधानको रक्षा र प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन भएको बताउदै महराले यो गठबन्धन परिवर्तनकारी शक्तिहरूको मोर्चा भएको बताए ।
पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव), केन्द्रीय सदस्य हकिकुल्ला खाँ लगायतले बोल्दै आगामी चुनावमा गठबन्धनको सहज जित हुने दाबी गरे ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव)ले प्रतिगामिहरु अहिलेको निर्वाचनबाट बढारिने बताए ।
पार्टीका स्थायि समिति सदस्य हकिकुल्ला खाँले परिवर्तनकारि शक्तिलाई बिजय नबनाए देश फेरि पनि दुर्घटनामा जाने भएकोले गठबन्धकका उम्मेद्बारलाई भारी मतले बिजय बनाउन आग्रह गरे ।
कार्यक्रममा एमाले, जनमत पार्टी, जसपा लगायतका पार्टीबाट तीन हजार नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको पार्टीका रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, असोज १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij