काठमाण्डाै – निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–५ मा नेकपा एमालेका वासुदेव घिमिरेको उम्मेदवारीलाई आधिकारिता दिएको छ ।
हिजो आइतवार रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरे र खिमलाल भट्टराईले आफूलाई आधिकारिक भन्दै उम्मेदवारी दिएका थिए । भट्टराईले त राष्ट्रिय सभा सदस्य पदबाटै राजीनामा दिएर उम्मेदवारी दिनुभएको थियो । तर एउटै पार्टीको उम्मेदवारी परेमा पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रस्टरूपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो ।
सुरुमा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाएर टिकट दिएको थियो, घिमिरेले दिउँसाे ३ बजे नै उम्मेदवारी दर्ता गराउनुभएको थियो । तर पछि पार्टीले निर्णय बदलेको भन्दै खिमलाल भट्टराईले पनि पार्टीले सच्चाएको कागजातसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले भने प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०७८ को दफा १९ बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख गर्दै घिमिरेलाई आधिकारिकता दिएको हो ।
अब खिमलाल भट्टराईसँग न राष्ट्रिय सभा सदस्य पद रहेको छ, न त उहाँले प्रतिनिधि सभाका लागि उम्मेदवारी नै दिन पाउनुभयो ।
प्रकाशित मिति : सोमबार, असोज २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्