सिद्धार्थनगर ‘ग्रिन’ अभियान ः वितरण हुदै विरुवा

सिद्धार्थनगर ‘ग्रिन’ अभियान ः वितरण हुदै विरुवा

 

भैरहवा

सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरवासीहरुलाई विरुवा वितरण कार्य सुरु गरेको छ । नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउने अभियान अन्र्तगत नगरपालिकाको कार्यालयले मंगलबारबाट नगरवासीहरुलाई विरुवा वितरण सुरु गरेको हो ।

वर्षा सुरु भए पश्चात ७५ प्रतिशत अनुदानमा विभिन्न प्रकृतिका चार हजार चार सय फलफुलका विरुवा वितरण कार्य सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

नगपालिकाको कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवका अनुसार आँपको अमरपाली, दशहरी, माल्दा, बम्बईया प्रजाती, लिची, अनार, कटहर, अम्बा, अमला र एभोकाडोको विरुवा वितरण भइरहेको छ । उनले पहिलो दिन २ सय ७० जना नगरवासीले विभिन्न प्रजातीका विभिन्न विरुवा अनुदानमा लगेको बताए ।

‘वर्षायाम सुरु भएपछि वृक्षारोपणका लागि हामीले फलफुलका विरुवा वितरण गरेका हौँ’ सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले भने, ‘यसपछि नगरपालिकाको कार्यालयबाट पनि नगरमा वृक्षारोपण गर्ने तयारी छ । जसका लागि हामीले विरुवा पनि ल्याएर राखिसकेका छौँ ।’

उनले नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउनका लागि विरुवा वितरण गरिरहेको र वृक्षारोपण गर्ने तयारी गरेको बताए ।

‘नगरलाई हरियाली बनाउनका लागि हाम्रो एकल प्रयासले मात्र हुदैन’ उनले भने, ‘नगरवासीहरुले पनि नगरका विभिन्न स्थानमा स्वतस्र्फूत रुपमा वृक्षारोपण गर्नुपर्छ । वृक्षारोपणले नगर सुन्दर हुनुका साथै यस क्षेत्रको बढ्दो तापक्रमलाई घटाउनमा पनि मद्दत पुग्नेछ ।’

प्रकाशित मिति : बुधबार, असार २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij