बुटवलमा आजदेखि दुई दिने धर्म, ज्योतिष एवं बास्तु सम्मेलन सुरु

बुटवलमा आजदेखि दुई दिने धर्म, ज्योतिष एवं बास्तु सम्मेलन सुरु

बुटवल,१९ साउन ।
बुटवलमा आजदेखि दुई दिने धर्म, ज्योतिष एवं बास्तु सम्मेलन सुरु भएको छ ।विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी पूजा सामाग्री भण्डार बुटवलको सह–आयोजनामा भएको सम्मेलनमा प्रा. डा. देवमणि भटट्राईले आशौच परिचय र निर्णयहरु विषयमा कार्यपत्र प्रस्तुत गर्ने र उप प्रध्यापक लक्ष्मीप्रसाद बरालले ज्योतिषशास्त्रमा बैदेशिक यात्रा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले जानकारी दिए ।

यसैगरी प्रशिक्षण बास्तु र जीवन प्रशिक्षण बारे डा. माधवमंगल जोसी कार्यपत्र प्रस्तुत गर्ने उनले बताए ।
करिव ४ सय भन्दा बढि ज्योतिषहरुको सहभागिता रहने सम्मेलनले बुटवल घोषणापत्र समेत जारी गर्नेछ ।

सम्मेलनमा स्वामी लोकानन्द जी महाराज, डा. माधवमंगल जोशी, नेपाल पञ्चांक निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, संस्कृत केन्द्रीय विभागका प्रा. डा. नारायण गौतम लगायतको सहभागीता रहेको छ ।

कार्यक्रममा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी रहेको कार्यक्रम संयोजक सुन्दर भण्डारीले बताए ।

प्रकाशित मिति : शुक्रबार, साउन १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij