नमूना महिला विकास बचत तथा सहकारी संस्थाको १८औं साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

नमूना महिला विकास बचत तथा सहकारी संस्थाको १८औं साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

नमूना महिला विकास बचत तथा सहकारी संस्था लिमिटेडले आफ्नो अठारौं वार्षिक साधारसभामा तथा छैठौं अधिवेशन सम्पन्न गरेको छ। संस्थाले आज नयाँगाउँ शाखामा अधिवेशन सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण नेपालले नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल पारिको मात्र नभएर रुपन्देही भरिकै एक उदाहरणीय सहकारी भएको बताउनुभयो । उहाँले शेयर सदस्यहरुले बचत गर्नु मात्र ठुलो कुरा नभएर सहकरी कुन अवस्थामा चलिरहेको छ र यसले कस्ताकस्ता क्षेत्रमा लगानी गरिरहेको छ भनेर हरेक शेयर सदस्य तथा बचतकर्ताहरुले ख्याल गर्नुपर्ने बताउनुभयो । संस्थाका कार्यवहाक अध्यक्ष जमुना उपाध्यायकाे अध्यक्षताम भएको कार्यक्रममा अतिथिहरु बुटवल उपमहानगरपालिका वडा नम्बर 13 का वडासदस्य लालबहादुर गुरुङले यो सहकारी महिलाहरुले मात्र सञ्चालन गरेको सहकारीमा नमूना सहकारीको रुपमा रहेको बताउँनुु भयो । वडा नम्बर 12 का वडासदस्य गंगादत्त पौडेलले अहिले रुपन्देही भन्दा बाहिर दर्ता भएर आएका सहकारीहरूको बदमासीको मारमा यहाँ सञ्चालन भइरहेका सहकारीहरु परेकाले सहकारीमा शेयर सदस्य भएका व्यक्तिहरूले बाहिरी कुराको पछाडि नलागेर आफूले जम्मा गर्दै आइरहेको नियमित बचतलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । साधारणसभामा अध्यक्ष प्रतिवेदन पेश गर्दै कार्यवाहक अध्यक्ष जमुना उपाध्यायले शेयर सदस्यहरुलाई 15 प्रतिशत बोनस प्रदान गर्ने बताउनुभयो । आहिले सहकारीमा 4 हजार 500 सय 5 जना शेयर सदस्य 1हजार 5 सय 52 जना बाल बचतकर्ता रहेका छन् । कार्यक्रम नयँ गाउँ शाखा संयोजक मिना घर्तीको गत स्वागत तथा व्यवस्थापक मञ्जु गोदारको सञ्चालनमा सम्पन्न भएको ।

प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij