काठमाडौं : बाँकेको नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
नेपालगञ्ज–१८ मा सोमबार बिहान सूप ०१००१ च ६३४६ नम्बरको स्कर्पियोले ठक्क दिँदा २४ वर्षीया आस्था साह र पहिचान नखुलेका करिब ३० वर्षीय युवकको भएको हो। २५ वर्षीया सहाना साह घाइते भएकी छिन्। नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ।
ठक्कर दिने स्कर्पियोका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, पुष १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्