शान्ति नमुनामा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव सम्पन्न 

शान्ति नमुनामा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव सम्पन्न 

तिलोत्तमा , रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा ३४ जनाले रक्तदान गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका प्रमुख तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापाले रक्तदानले कसैको ज्यान बचाउने मात्र नभई व्यक्तिलाई स्वस्थ रहन समेत मद्धत गर्ने बताउनुभयो । त्यस्तै शुक्रबार नै विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभगतामा भएको प्रदर्शनीमा १२ वटा स्टल रहेको कार्यक्रम संयोजक लिलाबल्लभ पँण्डेयले जानकारी दिनुभयो । यसैगरी कक्षा १–३ का विद्यार्थीहरु र उनीहरुको अभिभावकहरुको सहभागितामा पढाई महोत्सव भएको संयोजक बसन्ती भण्डारीले जानकारी दिनुभयो । यस्तै कक्षा ११–१२ तर्फ भएको वादविवाद प्रतियोगितामा करिष्मा यादव प्रथम, ताराप्रसाद बेल्वासे, द्वितीय र सम्भव बस्याल तृतीय भएका छन् । शिक्षक राजेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सुबोध खनाल, खेमेन्द्र थापा र गणेशप्रसाद ज्ञवालीले निणर््ँयकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भीम भुसालले गर्नुभएको थियो । यस्तै कविता लेखन प्रतियोगितामा विशाल गौतम प्रथम, प्रतिमा खनाल द्वितीय र रोजिना गैरै तृतीय भएका थिए । यसैबिच,आइसिटि प्रस्तुतीकरण प्रतियोगितामा कक्ष्ँ ६ मा कुञ्जन पौडेल प्रथम भएका छन् भने कक्ष्ँ ७ मा निश्चल चापागाईं प्रथम भएको संयोजक दिनेश तिवारीले जानकारी दिनुभयो । शुक्रबार नै ५ किलोमिटरको म्यारथन प्रतियोगिता गरिएको छ भने खेल सप्ताहमा सञ्चालन गरिएका विभिन्न खेलहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।  बार्षिकोत्सवका अवसरमा माघ २० गते प्रभातफेरि, छात्रवृत्ति वितरण लगायतका कार्यक्रम हुनेछन् भने मुल समारोह भने माघ २१ गते हुनेछ ।  बार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण एवम् शिक्षक कर्मचारी तथा विद्यार्थी सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, माघ १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij