निर्माण व्यवसायी रुपन्देहिको साधारणसभा सम्पन्न : दिगो पूर्वाधार विकासका लागि सहकार्य आवश्यक

निर्माण व्यवसायी रुपन्देहिको साधारणसभा सम्पन्न : दिगो पूर्वाधार विकासका लागि सहकार्य आवश्यक

 

तिलोत्तमा-रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघक रुपन्देहिको १८औं साधारणसभा तिलोत्तमा-५, मणिग्रामस्थित विश्राम वाटिकामा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका मुख्य मुख्यमन्त्री चेतनारायण आचार्यले साधारण सभाको सफलताको शुभकामना दिदैँ प्रदेश सरकारले व्यवसायीहरूको वक्यौता भुक्तानी लगायतका विषयमा प्रदेश सरकाले गम्भीर ध्यान दिएको उल्लेख गर्दै चालु आर्थिक वर्षमै अघिल्लो भुक्तानी क्लियर गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

कार्यक्रमका बिशिष्ठ अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले निर्माण व्यवसायीहरूको योगदानले लुम्बिनी प्रदेशको विकासलाई तीव्र गतिमा अघि बढाइरहेको बताउनुभयो। उहाँले सरकार निर्माण व्यवसायीहरूसँग सहकार्य गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री ढकालले हाल निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई गम्भीर चुनौती निम्त्याएको भन्दै सरकार यसबारे संवेदनशील रहेको बताउनुभयो। उहाँका अनुसार मूल्य वृद्धिका कारण निर्माण लागत बढ्नुका साथै विकास परियोजनाहरूमा ढिलाइ भइरहेको छ। त्यसैले प्रदेश सरकारले व्यवसायीहरूको हकहित संरक्षण र निर्माण क्षेत्रमा स्थायित्व कायम गर्न आवश्यक नीति तथा सहजीकरणका उपायहरू अवलम्बन गर्ने बताउनुभयो।

लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भुसालले संघको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रुपन्देहि संघ प्रदेशकै प्रमुख निर्माण व्यवसायी संगठन भएको बताउँदै, व्यवसायिक गतिविधिसँगै संघ सामाजिक उत्तरदायित्व निर्वाहमा पनि सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले शववाहन सञ्चालन, विपद् व्यवस्थापन सहयोग, सार्वजनिक संरचनाहरूको निर्माण तथा संरक्षणलगायतका विविध सामाजिक कार्यहरूमा पनी संघको उल्लेखनीय भूमिका रहेको बताउनुभयो।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष स्व. चेतमान श्रेष्ठको स्मृतिमा उनको परिवारलाई सम्मान गरिएको थियो। साथै, संघका संस्थापक कार्यसमिति सदस्यहरू, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, सामाजिक कार्यक्रम संयोजक तथा विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

साधारणसभामा संघकी अध्यक्ष मञ्जु भुसाल र बिशिष्ट अतिथि मन्त्री ढकालले संघको २८ वर्षेको इतिहास समेटिएको “लुम्बिनी निर्माण स्मारिका” नामक पुस्तकको विमोचन गर्नुभएको थियो।

साधारणसभाले निर्माण व्यवसायीहरूको समस्या, अवसर, तथा भविष्यका योजनाहरूबारे छलफल गर्दै लुम्बिनी प्रदेशको समृद्धि र दिगो पूर्वाधार विकासका लागि व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको बिषयमा जोड दिएको थियो। सभाले पालिका स्तरमा शाखा बिस्तार गर्ने र सदस्यता बृद्धि गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : शनिबार, माघ २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij