काठमाण्डौ – पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ ।
बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने।।।’ भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा त्यसको आधिकारिकता खोजी गर्दा गीतको रचना राजेन्द्र थापाले गरेको पुष्टि भएको पाठ्यक्रम विकास केन्द्रले निकालेको सूचनामा उल्लेख छ ।
पाठ्यपुस्तकमा यहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकलाप गर्न, गराउन केन्द्रले आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्