आप्रवासी फिर्ता नलिने देशहरुको भिसा रोक्ने बेलायत सरकारको घोषणा

आप्रवासी फिर्ता नलिने देशहरुको भिसा रोक्ने बेलायत सरकारको घोषणा

बेलायत सरकारले अवैध आप्रवासी फिर्ता नलिने देशहरुको भिसा रोक्ने घोषणा गरेको छ । बेलायतले अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकलाई भिसा रोक्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बेलायतका गृहमन्त्री शबाना महमुदले ‘अवैध आप्रवासन रोक्न’ यस्तो कदल ल्याइएको बताउनुभएको छ । कतिपय देशहरूले आप्रवासी फिर्ता प्रक्रियामा सहयोग नगरेको र आवश्यक कागजात समयमै नपठाएको त्यहाँको गृहमन्त्रालयको आरोप छ ।

अहिले बेलायतमा हजारौँ अवैध आप्रवासी तथा अपराध मुद्दामा परेका व्यक्तिहरू रहेका कारण फिर्ता प्रक्रियामा चाँडो सुधार गर्न सरकार दबाब बढाइरहेको बताइएको खबरहरुमा उल्लेख छ । भारतले पनि आफ्ना अवैध आप्रवासी फर्काउन ढिलाइ गरिरहेको आरोप छ, र आउँदो वर्ष यस्तो प्रतिबन्धको सूचीमा पर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij