कल्पना भुसाल,
हाम्रा बाबा हजुर
कमाउन बहिर नगइ परिवार ठूलो भन्नुभयो, त्यसैले त बाबा हजुर, ईश्वरी जी बन्नुभयो
हुर्काउन चार सन्तान कति दुःख पाउनु भयो , झरि बादल लाग्दा आकाशमा, स्कुलमै लिन आउनुभयो।
तं को बचन नलगाई, माया गरी बढाउनुभयो जीवनभरी सङ्घर्ष पाठ, इमान्दारी पढाउनुभयो
गल्ती हाम्रा केही हुँदा, सम्झाएर अङ्गाल्नुभो
छोरी पराइ भन्ने समाजमा, हाम्रा सपना सङ्गाल्नु भो ।
भौतिक कुरा छाड भनी बुद्धिमा संसार विकाउनु हुन्छ ,
दुःखमा हार नमान भनी, साहासको पाठ सिकाउनु हुन्छ।
चाडपर्व र विशेष दिनमा परिवारसँगै बस्नुहुन्छ , कतै गएर घरमा आउँदा शुशिला भनी पस्नुहुन्छ ।
प्रकाशित मिति : शनिबार, माघ २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्