प्रतिनिधिसभा सदस्य चुनावमा ४.७ प्रतिशत मत बदर

प्रतिनिधिसभा सदस्य चुनावमा ४.७ प्रतिशत मत बदर

काठमाण्डौ – गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा परिमाणमा मद बदर भएको हो ।

उहाँका अनुसार २०७९ सालको मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो ।

२०७० सालको मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य चुनावमा ४.९६ प्रतिशत मत बदर भएको थियो । यसैगरी २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो चुनावमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो ।

आयोगका अनुसार विगतका पाँच वटा चुनावको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij