हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू भागमा साधारणतया बादल लागेको छ।
बाँकी भू भा गमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशको पहाडी र हिमाली भु भागमा साधारणतया र तराई भू भागमा आंशिक बादल लाग्नेछ।
सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागका केहि स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भु(भागका थोरै स्थानहरूमा भने मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति देशको पहाडी र हिमाली भू भागमा साधारणतया र तराई भू(भागमा आंशिक बादल लाग्ने महाशाखाको पूर्वानुमान छ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्