बुटवलमा कोरोना संक्रमित बिरामीको मृत्यु

बुटवलमा कोरोना संक्रमित बिरामीको मृत्यु

रुपन्देही
बुटवलमा कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु मायादेवीका ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभयो । फोक्सोमा समस्या देखिएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएको भए पनि जीन एक्सपर्ट गरेर परीक्षण गर्दा पोजेटिभ आएको थियो । उनको फेरि पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो । ३ दिनअघि उपचारको लागि अस्पतालमा आएका ती बिरामीको फोक्सोमा संक्रमण थियो । यसअघि बुटवलको कोरोना विशेष अस्पतालमा कोरोनाको कारण कपिलवस्तुको तौलिहवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij