अगरवत्ती तालिम सम्पन्न

अगरवत्ती तालिम सम्पन्न

बुटवल

घरमै बसेर समय खेर गैरहेका वेला बुटवल ११ देविनगरका महिलाहरुलाई उद्यमी बनाउन भन्दै अगरवत्ती तालिम गरिएको छ ।

चौपारी टोल विकास समितिको आयोजना तथा नागरिक स्वरोजगार केन्द्रको सहयोगमा तालिम प्रदान गरिएको हो । स्थानिय १८ जना महिलाहरुलाई पहिलो चरणमा तालिम दिईएको हो । केहि समय पछि चुरा बनाउने तालिम समेत संचालन गरिने चौपारी टोल विकास संस्थाका अध्यक्ष राजु गुरुङले बताउनु भयो । उहांका अनुशार तालिम लिनका लागि धेरै महिलाहरुको माग भएपनि कोराना महामारीका कारण सामाजिक दुरी बनाउन चरण चरणमा गरिने छ ।

प्रयोगात्मक ढंगले चलाईएको तालिममा धेरै महिलाहरुले सिकेको सिपलाई व्यवहारमा उतार्ने बताएका छन् ।

प्रशिक्षक द्धय सिन्दु भण्डारी, जेनिसा भुषालले अगरवत्ती घरमै बसेर पनि बनाउन सकिने भएकोले आत्मनिर्भरताका लागि काम गर्न आग्रह गर्नु भयो । तालिक समापनका अवसरमा अध्यक्ष राजु गुरुङ, समितिका सल्लाहकार द्धय अर्जुन वहादुर कुवंर मिना कार्की सचिव नारायण रायमाझी लगायतले बोल्दै आत्मनिर्भरताका लागि यस्ता तालिम आवश्यक रहेको बताएका थिए । सो अवसरमा सहभागिहरुले उत्पादन गरेको बस्तु बजारसम्म लैजाने वातावरण बनाईदिन पनि आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij