सैनामैना
प्रदेश नं५ को राजधानी दाङको सार्ने सरकारको निर्णयपछि नेपाली काँग्रेस सैनामैनाले विरोध प्रदर्शन गरेको छ ।आजको प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामाकरण निर्धारण सम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएपछि नेपाली काँग्रेस सैनामैनाले कलौनी चोकमा टायर बालेर नारा जुलुस गरिरहेको छ ।
नेपाली काँग्रेस रुपन्देहीका उपसभापती फणिन्द शर्माले प्रदेश सभाको वैठकमा प्रदेश नं५ का गृहमन्त्रिले राजधानी सार्ने प्रस्ताव टेबुल गरेसँगै विपक्षि दलका नेताहरु र प्रतिपक्षमा रहेका नेताहरुसँग सल्लाह नगरेको प्रति आक्रोश व्यक्त गर्नुभयो । “कार्यसूचिलाई अचानक बदलेर राजधानी सार्ने प्रस्ताव जुन आएको छ त्यसप्रति घोर भत्र्सना गर्दै त्यस प्रस्तावलाई सच्याउन नेपाली काँग्रेसले नेतृत्व गर्ने” उपसभापती शर्र्माले बताउनुभयो ।शर्माले यो आन्दोलन सुरुवात मात्रै भएको बताउँदै यदि यो प्रस्ताव नसच्चिएमा सशक्त रुपमा लाग्ने समेत बताउनुभयो ।

शर्माले प्रदेशको राजधानी कुनै पनि हालतमा स्थायी रुपले दाङमा हुन नदिने बताउनुभएको छ ।
शर्माले राजधानीका लागि आवश्यक सबै प्रकारका पुर्वाधारहरु रुपन्देहीमा नै रहेकाले स्थायी राजधानी रुपन्देहीमा नै हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस सैनामैना नगर सभापती रामप्रसाद अधिकारीले अस्थायी राजधानी बुटवलबाट जुन सार्ने कोशिस यो सरकारले गरेको छ यस प्रति नेपाली काँग्रेस लगायत आम जनता मर्माहीत भएका छन् । प्रदेश नं ५ को उपयुक्त स्थानहरु मध्ये रुपन्देही सबैभन्दा अगाडी रहेको र रुपन्देहीको ईतिहासको महत्वसँग जोडिएका धेरै विषयहरु रहेकोले रुपन्देही जिल्ला नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिनुभएको थियो ।

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव गरिएको छ भने नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ ।
बैठकमा प्रस्ताव पेश भए लगत्तै सांसदहरुले आपत्ती जनाएका छन् ।
नाम राजधानी सिफारिस समितिले प्रस्ताब गरेभन्दा फरक र कार्यसूचि पनि एक्कासी ल्याइएको भन्दै नेपाली काग्रेसले असहमती जनाएको नेपाली काँग्रेस रुपंन्दहीले जनाएको छ
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्