मोटरसाइकल चोरी भएको हप्तादिन नबित्दै बिधुत ट्रान्सफर चोरी

मोटरसाइकल चोरी भएको हप्तादिन नबित्दै बिधुत ट्रान्सफर चोरी

१० चैत्र,कञ्चन
रुपन्देहीको कञ्चनमा गत हप्ता एकै दिन हराएको दुई मोटरसाइकलको कुनै अत्तोपत्तो लागेको छैन ।कञ्चन गाउपालिकाको रुद्रपुरमा चोरी भइराख्नु कुनै नौलो होइन तर चोरी भएको सामान र चोरी गर्ने व्यक्तिको पत्ता लागेर कार्वाही भइरहेको खवर पनि कञ्चनवासीले थाहा पाउन पनि सकेका छैनन ।
यसैबिच मंगलवार राती कञ्चन गाउपालिका वडा नं. ३ प्रतापुरबाट पुन बिधुत ट्रान्सफर चोरी भएको छ। अस्थाई प्रहरीचौकी देखि करिब २ सय मिटर पश्चिमको दुरीमा दिप ट्युवेलमा सिंचाइका लागि जडान गरिएको नेपाल बिधुत प्राधिकरण लुम्बिनी प्रसाण शाखा अन्तर्गतको २५ के.भि.ए.को ट्रान्सफर चोरी भएको छ।
चोरहरुले उक्त ट्रान्सफर फोडेर ट्रान्सफर भित्र रहेको तामाका तार लगायत बिधुतिय सामग्री चोरेर लगेको अस्थाई प्रहरी चौकीका प्रमुख सिताराम यादवले जानकारी दिनु भएको छ ।बिधुत चार्ज समेत भएको उक्त ट्रान्सफरको चोरी के कसरी कसले चोर्यो भन्ने कुराको अनुसन्धान भइरहेको अस्थाई प्रहरी चौकीका प्रमुख सिताराम यादवले जानकारी दिनु भएको छ। गत हप्ता सोही स्थानबाटै स्थानिय बिन्दु कुंवरको १५० सि.सि.को पल्सर मोटरसाइकल निजकै घरैबाट चोरी भएको थियो भने गत बर्ष गैडहवा गाउपालिका वडा नं. २ जोगडा स्थित भैलुभुजा सिंचाईमा जडान भएको २ सय केभिएको ट्रान्सफर र रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था,कञ्चन ४ गरगरेमा जडान गरिएको टन्सफर समेत चोरी भएको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij