बुटवल
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकप्रसाद पोखरेल मनोनित भएका छन। नेपाल चेम्बर अफ कमर्सको विधान बमोजिम पोखरेललाई तीन वर्षे कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनित गरिएको हो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गरे।
पोखरेलले चेम्बरको संस्थागत विकासमा लाग्ने प्रतिक्रिया दिए ।
प्रदेशमा विभिन्न अभियानमार्फत् रोजगारी वृद्धि गर्ने र आयआर्जनमा जोड्नमा हाम्रो ध्यान हुनेछु, उनले भने चेम्बरको संस्थागत विकास गर्दै व्यावसायिक एकतामा जोड दिनेछौँ ।
रूपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा सक्रिय पोखरेल रूपन्देही व्यापार संघको २०६४ देखि २०७० सम्म अध्यक्ष थिए।
जेसिज,रोटरी र सहकारीमा समेत कुशल नेतृत्व प्रदान गर्नु भएका पोखरेलले २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाई अटो मोबाइल्स,हाइड्रो,बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेका छन।
प्रकाशित मिति : बिहिबार, बैशाख ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्