पौडी खेल्ने क्रममा बेपत्ता भएका कञ्चनका कमल श्रीस १६ घण्टा पछि मृत अवस्थामा फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएका कञ्चनका कमल श्रीस १६ घण्टा पछि मृत अवस्थामा फेला

कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका कञ्चन गाउपालिका वडा नं. ३ तिनकुने निवासी अन्दाजी ३२ बर्षका कमल श्रीस मगर करिब १६ घण्टा पछि मृत अवस्थामा फेला परेका छन । जेठ ३१ गते सोमबार सांझ ५ बजेको समयमा पौडी खेल्न भनि घरबाट हिडेका श्रीस घर नजिकै रहेको स्थानिय पथरिया घोलामा बनाइएको तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यलय रुद्रपुरले दिएको जानकारी अनुसार मृतक कमल श्रीस मगर तीन बर्ष अगाडी स्थानिय धमिनाताल सामुदायिक बन उपभोक्ता समूह,कञचन ३ र ४ को बन क्षेत्र अन्तर्गत ब्लक नं. ४ स्थित पथरिया घोलामा बनाइएको तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । स्थानिय, इलाका प्रहरी कार्यलय रुद्रपुर र सशस्त्र प्रहरी बल लोण्डहवा बेस क्याम्पको सुरक्षा टोलीले राती अवेर सम्म खोजी गर्दा समेत नभेटिए पछि मंगलवार बिहान ५ बजे देखि खोजीकार्यमा संलग्न सशसत्र प्रहरी बल नं. २७ गण रुपन्देहीको रेस्क्यु टोली, इलाका प्रहरी कार्यलय,रुद्रपुर,अस्थाई प्रहरी चौकी प्रतापपुर,सशस्त्र प्रहरी बल बेस क्याम्प लोण्डिहवा गैडहवा ताल ब्यबस्थापन समितिको डुंगा चालक र स्थानियहरुले बिहान करिब ९ बजेको समयमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देबेन्द्र कुमार मल्लले जानकारी दिएका छन।
मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा पठाइएको छ भने मृतकका आफन्त र स्थानियहरुले भने असुरक्षित रुपमा बनाइएको तालको पुर्ण रुपमा पुर्न वा सुरक्षित रुपमा संचालन गर्नु पर्ने माग गर्दै मृतकको परिवारलाई सामुदायिक बन र गाउपालिकाले क्षतिपुर्ति दिनु पर्ने माग राखेका छन। मृतक कमल श्रीस मगरको परिवारको नाममा एक मात्र ५ बर्षिय छोरा छन ।यही तालमा पौडी खेल्ने क्रममा स्थानिय दुई जना बालकहरुको पनि डुबेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : मंगलबार, असार १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij