बुटवल उवासंघमा डिएसपी कुवँर र परामर्शदातालाई स्वागत

बुटवल उवासंघमा डिएसपी कुवँर र परामर्शदातालाई स्वागत

 

बुटवल- बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा ईलाका प्रहरी कार्यालय बुटवलका नवआगन्तुक प्रहरी नायव उपरिक्षक मदन कुँवरलाई स्वागत गरिएको छ । संघ सचिवालयमा शुक्रबार कार्यक्रमको आयोजना गरि बुटवलका नवआगन्तुक प्रहरी नायव उपरिक्षक कुँवर सहित संघमा मनोनित परामर्शदातालाई स्वागत गरिएको हो ।

संघले राजश्वतर्फ सिए हरि लम्साल, कानुनतर्फ बाबुराम पाण्डे, आर्थिकतर्फ राजेन्द्र वझा, वित्तियतर्फ प्रदिपकुमार श्रेष्ठ, कृषि तर्फ भिम पौडेल, स्वास्थ्यतर्फ डा. अवधेश तिवारी, शिक्षातर्फ आनन्दमान सिंह शाक्य, प्राविधिक शिक्षा तर्फ संस्थागत कोरिया नेपाल प्राविधिक शिक्षालयका प्रिन्सिपल, पर्यटन तर्फ महेन्द्र थापा र उद्योग÷औद्योगिक क्षेत्र प्रवद्र्धनतर्फ रत्नहरी गौतमलाई परामर्शदाता मनोनित गरेको थियो ।

स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझाले ईलाका प्रहरी कार्यालयको स्थापनामा बुटवल उद्योग बाणिज्य संघको समेत भूमिका रहेको स्मरण गर्दै शान्ति सुरक्षा कायम गरेर व्यबसायिक वातावरण बनाउन आग्रह गर्नुभयो । त्यस्तैगरी परामर्शदाताहरुलाई समेत गहन अध्ययन र विश्लेषण गरेर संघमा परामर्श गर्न आग्रह गर्नुभयो ।

स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यबसायीहरुको हकहितसंगै यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा सामाजिक बिकासमा संघले गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले कोरोना भाईरस संक्रमणको महामारीका कारण आर्थिक क्षेत्र चलायमान हुन नसकिरहेको उल्लेख गर्दै स्थानीय स्तरमा पनि व्यबसायिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । अध्यक्ष कसजूले व्यबसायिक प्रतिष्ठानलाई तार्गेट गरेर चोरी तथा लुटपाटका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको पाटोलाई प्रवल गराउन र व्यबसायिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

त्यस अवसरमा ईलाका प्रहरी कार्यालय बुटवलका नवआगन्तुक प्रहरी नायव उपरिक्षक कुँवरले शान्ति सुव्यबस्था कायम गर्न तथा व्यबसायिक सुरक्षामा आफू पूर्ण प्रतिवद्ध रहेको बताउँदै त्यस्ता सूचना निसंकोच दिन आग्रह गर्नुभयो । ‘प्रहरीलाई विश्वास गर्नुहोस्, सूचना दिनुहोला ।’ उहाँले भन्नुभयो–‘सूचनाको गोपनीयता कायम राख्नेछु ।’ प्रनाउ कुँवरले घटना घटिहाल्यो भने पनि त्यसको अनुसन्धानमा सिसिटिभी महत्वपूर्ण हुनेभन्दै हरेक प्रतिष्ठानमा सिसिटिभी जोड्ने अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैंजुले व्यबसायिक हकहित मात्रै नभएर शिक्षा, स्वास्थ्य तथा सामाजिक बिकासमा योगदान दिएको बताउँदै व्यबसायीहरुको एकमात्रै माग व्यबसायिक वातावरण निर्माण होस भन्ने रहेको बताउनु भयो । कार्यक्रममा परामर्शदाता हरि लम्साल, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij