रूपा सुनार शिक्षा मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा पुगिन्

रूपा सुनार शिक्षा मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा पुगिन्

काठमाडौं : जातीय कारणले काठमाडौंमा कोठा नपाएकी संचारकर्मी रुपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसहितका नाममा सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

आफूलाई कोठा भाडामा नदिने घरबेटीसहित ती घरबेटीलाई प्रहरी हिरासतबाट छुटाएर ल्याउने मन्त्री  श्रेष्ठ, आफ्नो उजुरीलाई अदालतसम्म नलैजाने सरकारी वकिल र प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर रुपाले आइतबार सर्वोच्चमा रिट दायर गरेकी हुन्।

विपक्षी सबैलाई जातीय छुवाछुतको कसुरमा कारबाही गर्नुपर्ने रुपाले माग गरेकी छिन्। रुपालाई बबरमहलकी एक महिलाले जातीय कारणले कोठा भाडामा नदिने भनेपछि उनी त्यसविरुद्ध उजुरी लिएर प्रहरीमा गएकी थिइन्। प्रहरीले प्रयाप्त प्रमाण नभएको भन्दै ती घरबेटीलाई साधारण तारेखमा छोडेको थियो।

प्रकाशित मिति : आइतबार, असार २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij