थपिए २ हजार २ सय ३९ सङ्क्रमित, १ हजार ३ सय १६ जना निकाे

थपिए २ हजार २ सय ३९ सङ्क्रमित, १ हजार ३ सय १६ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई हजार दुई सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ७९ जना र चार हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ६० जना गरी दुई हजार दुई सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ९५ हजार ८८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय १६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १६ हजार नौ सय २९ जना पुगेको छ ।

यस्तै थप २० जनासहित नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म नौ हजार तीन सय ४० जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार पाँच सय ९० जना रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij